काठमाडौं, १ मंसिर । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ। बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गर्नुभएको हो । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिनुभयो ।
केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई पासपोर्ट वितरण गर्ने पनि उहाले बताउनुभयो । ई पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने महानिर्देशक अर्यालले जानकारी दिनुभयो । डिसेम्बरको १०र१२ तारेखसम्म प्रणालीमा देखिएका प्राविधिक समस्या हल गरेर ई पासपोर्टमात्र वितरण गरिने उहाँको भनाइ छ । ई पासपोर्टको अनलाइन बुकिङका लागि लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्