जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १९:५३

कागेश्वरी मनहरामा ग्यास निस्कियो, सरकारका प्रतिनिधि आए अनि आफैं नियन्त्रण हुन्छ भन्दै फर्किए


काठमाडौं, मंसिर १ । कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा आज ग्यास निस्किएको छ । स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको हो । आज मध्यान्ह्बाट ग्यास निस्किएको स्थानीयले देखेको जनाएका छन् ।

सुरुको ४ घण्टा तिब्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकोमा साँझ ४ बजेदेखि हिलो समेत निस्किएको छ । ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरुमा पुगे पछि स्थानीय त्रसित भएका छन् ।

ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्काल नै खबर गरि नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले बताए । भूगर्भ विभागबाट प्रतिनिधिहरु आए पनि कुनै प्रतिकृया नदिई आफैं ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयको आरोप छ ।