जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार १४:१७

बारमा छिरेर अमेरिकन ‘इगल’ भन्दै वकिलहरुलाई समात्ने यी युवकहरु


काठमाडौं, २ मंसिर । सर्वोच्च अदालत परिसरमा केही दिन यता अनौठा दृष्य देखिन थालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको विरोधमा कानुन ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

केही दिन यता प्रधानन्यायाधीश पक्ष र विपक्षकाहरुबीचमा पनि विवाद देखिन थालेको छ । विहिवार भने केही फरक दृष्य देखियो । एक हुल युवाहरु रातो कारमा आन्दोलनरत भएका ठाउँमा आए ।उनीहरुले मदिरा सेवन गरेका थिए । केहीबेर ति युवाहरु र अधिवक्ताहरुबीच वि’वाद भयो । ध’केला ध’केल समेत भएको थियो । समुह बनाएर आएका ति युवाहरुले अधिवक्ताहरुको कालो कोट च्यात्ने चेतावनी दिएपछि वकिलहरु पनि प्रतिकारमा उत्रिएका थिए । ‘एक–एक वकिलहरूलाई ठोक्छु । कोट च्यात्छु’, ती अपरिचति व्यक्तिले भने, ‘म अमेरिकन इगल हुँ ।’ करिब आधा दर्जनमा रहेका ति युवाहरु वकिल पनि प्रतिकारमा उत्रिएपछि बाहिरिएका थिए । यति घटना भइसकेपछि केही बेरमा प्रहरीको टोली आएको थियो ।

उनीहरुले बारभित्रै पसेर वकिललाई धम्क्याउन थालेपछि केही बेर वार परिसरमा तनाव उत्पन्न भएको थियो । रातो कार स्वास्थ्य मन्त्रालय परिसरमा राखेर आएका उनीहरु केहीबेर बार परिसरमा यस्तो हर्कत गरेर बाहिरिएका हुन् । ति युवा को हुन् भन्ने खुलेको छैन ।