जनता टाइम्स

३ मंसिर २०७८, शुक्रबार ०९:५२

प्रचण्डलाई चुनावमा हराउँन नसके आजीवन उनको ड्राइभर बन्न तयार छुः दुर्गा प्रसाई



काठमाडौं, ३ मंसिर । नेकपा एमालेका नेता दुर्गा प्रसाईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सम्मकै ठुलो च्यालेन्ज दिनुभएको छ । नेता बन्ने इच्छा बोकेका प्रसाईले आगामी निर्वाचनमा प्रचण्ड र देउवालाई चुनाव हराउँन केपी ओलीनै नचाहीने दुर्गा प्रसाइ नै काफी गरेको जिकिर गर्नुभएको छ । उहाँले आफु सँग चुनाव लड्न देउवा र प्रचण्डलाई चुनौती समेत दिनुभएको हो ।

प्रचण्ड र देउवा र माधव नेपाल सबै मिलेर चुनाव लड्न आए आफु नेकपा एमालेको उमेदवारको रुपमा चुनाव लड्न तयार रहेको प्रसाईले बताउनुभयो । डडेलधुरा ,चितवन या देशभरको जुनसुकै क्षेत्रबाट आए पनि सामना गर्न तयार रहेको पनि उहाँले भन्नुभयो । प्रचण्ड, देउवा र माधव नेपाल प्रति निकै कठोर रुपमा प्रस्तुत भएका प्रसाईले गठबन्धननै गरेर आए पनि उहाँहरुलाई चुनाव हराउँन नसके आजीवन उहाँहरुको ड्राइभर बनेर सेवा गर्न तयार रहेको पनि उहाँले समेत बताउनुभयो ।

‘देउवा ,प्रचण्ड र माधव नेपालको पालैपालो ड्राइभर बनेर आजिवन सेवा गर्छु ल आउ भिड्न।’ प्रसाइले भन्नुभयो । नेकपा एमाले विभाजन गर्ने माधव कुमार नेपाललाई प्रसाईले गलगाँडको संज्ञा दिनुभएको छ । एमाले अध्यक्ष ओलीलाई नाताले हजुरबुवा भन्ने प्रसाइले भन्नुभयो ‘मैले केपी ओली हजुरबुवालाई भनिसकेको छु माधव नेपाल जस्ता गलगाँड गएर पार्टी रामो भयो अब पार्टी झन् फ्रेस भएर अघि बढ्छ केहि टेन्सन लिनु पर्दैन’ ।

प्रसाईले आगामी निर्वाचन पछि केपी ओलीनै प्रधानमन्त्री बन्ने पनि जिकिर गर्नुभयो । ७० प्रतिशत भन्दा बढि मत ल्याएर आलीको सानदार कमव्याक हुने दावी समेत गनुर््भयो । उहाँले सत्तागठबन्धनको अन्तिम भोज अहिले चलिरहेको भन्दै अब यिनीहरु राजनितीको दर्शक मात्रै हुने ठोकुवा गर्नुभयो ।