जनता टाइम्स

४ मंसिर २०७८, शनिबार ०७:२०

हेटौंडामा एमाले प्रवेशको लहर छः मेयर महत


काठमाडौं, मंसिर ४ । हेटौंडा, मंसिर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यहाँको विकास र समृद्धीका लागि आफू निरन्तर लागिपरेको बताउनुभएको छ । नेकपा एमाले हेटौंडा–१३ को आयोजनामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले यहाँका हरेक स्थानमा विकासका ढोका खोलिएको बताउनुभयो । मेयर महतले एमालेमा प्रवेशको लहर बढेको समेत बताउनुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ४९ जना एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेलाई मेयर हरि बहादुर महतले टिका र खादा ओढाएर स्वागत गर्नुभएको थियो ।