जनता टाइम्स

४ मंसिर २०७८, शनिबार ०७:४३

भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधि ?



काठमाडौं, मंसिर ४ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि चयन भएका छन् ।

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल हुनुहुन्छ । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन हुनुभएको छ ।