जनता टाइम्स

४ मंसिर २०७८, शनिबार १९:१२

नेपाली राजनीतिको मूलधार एमाले नै हो : रायमाझी



काठमाडौं, ४ मंसिर ।  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सत्ताबाहिर भए पनि नेपाली राजनीतिको मूलधार एमाले भएको बताउनुभएको छ ।

हेटौँडामा नेकपा (एमाले) मकवानपुरको विस्तारित बैठकमा आज नेता रायमाझीले एमाले फेरि पनि राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित हुने जिकिर गर्नुभयो । उहाँले एमालेले अँगालेको ‘समृद्ध नेपाल, सुखी नेपालीको’ नारा र त्यसका लागि अवलम्बन गरेको समाजवाद उन्मुख बाटोका कारण एमाले आगामी निर्वाचनमा समेत प्रथम शक्ति बन्ने बताउनुभयो ।

नेता रायमाझीले केपी ओली नेतृत्वको सरकारले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि गरेको कामबाट देशीविदेशी शक्ति आत्तिएर नयाँ सरकार स्थापना गर्नेसम्मको हर्कत भएको आरोप लगाउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन चाहनेले अझै पनि एमालेलाई प्रहार गरिरहेको उल्लेख गर्नुभयो । चितवनमा हुने १०औँ महाधिवेशनको तयारीका सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीको विस्तारित बैठक बसेको हो ।