जनता टाइम्स

४ मंसिर २०७८, शनिबार २०:०३

महेश बस्नेतको नेतृत्वमा युवा सङ्घले निकाल्यो विशाल मोटरसाइकल र्याली


काठमाडौँ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ उपत्यकामा आज विशाल मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।

ललितपुरको बालकुमारीबाट शुरु भएको र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, माइतीघर, विजुलीबजार हुँदै बबरमहलस्थित क्वालिटी क्याङ्क्युटमा सभामा परिण भएको थियो । एमालेका केन्द्रीय सदस्य एवं सङ्घका इञ्चार्ज महेश बस्नेतबाट शुभारम्भ भएको कार्यक्रमको समापनमा नेता बस्नेतले सम्बोधन गर्नुभएको थियो ।

सङ्घका महासचिव रमेश आचार्यका अनुसार र्यालीमा करीब तीन हजारको सहभागिता थियो ।