जनता टाइम्स

५ मंसिर २०७८, आईतवार १२:३२

माओवादीले छान्यो ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व


ललितपुर, मंसिर ५ । नेकपा माओवादी केन्द्रले ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिनुभयो ।

माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले जनाएको छ । कतिपय स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने कतिपय स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको सो पार्टीले जनाएको छ । माओवादीले ११ मंसिरमा पालिका र २५ मंसिरमा प्रदेश स्तरीय सम्मेलन गर्दै छ ।

ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ। शनिबार भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले बताए । सबै वडामा निर्विरोध रूपमा नेतृत्व चयन भएको उहाँले बताउनु भयो ।