जनता टाइम्स

५ मंसिर २०७८, आईतवार १३:३०

दर्ता नगरिएका बिदेशी टेलिभिजन प्रधानमन्त्रीले उद्घाटन गर्नु आश्चर्यजनकः अध्यक्ष थापा


काठमाडौँ, ५ मंसिर,। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमले थापाले सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका बिदेशी लगानीका दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु आश्चर्यजनक रहेको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले दर्ताबिना सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्थाको प्रधानमन्त्रीबाटै उल्लंघन भएको बताउनुभयो । उहााले यसबारे सरकारले तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्ने समेत बताउनुभयो ।