जनता टाइम्स

५ मंसिर २०७८, आईतवार १४:३२

डडेल्धुरामा ट्याक्टर दुर्घटना : सात घाइतेमध्ये एकको अवस्था गम्भीर


डडेल्धुरा, ५ मंसिर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताउनुभयो ।

‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ उहाँले भन्नुभयो । घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उहाँको भनाइ छ। घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।