जनता टाइम्स

५ मंसिर २०७८, आईतवार १६:३१

डाक्टरले मलाई लड्न हुँदैन भनेको छ : केपी ओली


काठमाडौं, ५ मंसिर । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको बताउनुभएको छ । नेपाल खेलकुद महासंघले आज गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उहाँले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताउनुभयो ।

दुई पटक मृगौला प्रत्यारोप गराएका ओलीले भन्नुभयो, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याटमिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ ।’ खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उहाँले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताउनुभयो ।