जनता टाइम्स

६ मंसिर २०७८, सोमबार ०८:१२

महाधिवेशनको सन्दर्भमा आज ओलीको बिशेष सम्बोधन


काठमाडौं, मंसिर ६ । पार्टीको दशौं महाधिवेशनका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपाल बुद्धिजीवी परिषदले आयोजना गर्ने राजनीतिक बहस तथा दिशा निर्देश कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

परिषदका महासचिव गजेन्द्र थपलीयाका अनुसार दिउसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा अध्यक्ष ओली प्रमुख वक्ताको रुपमा सहभागी हुनुहुनेछ । कार्यक्रममा स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, शंकर पोखरेल परिषदका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य टंक कार्की पनि वक्ताको रुपमा रहनुभएको छ ।