जनता टाइम्स

६ मंसिर २०७८, सोमबार १४:५३

एमाले स्थाई कमिटी बैठक भोली ११ बजे सरयो


काठमाडौं, मंसिर ६ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बोलाइएको स्थायी कमिटी बैठक सरेको छ । आज अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बोलाईएको बैठक भोली ११ बजे सम्मका लागि सरेको हो । भोली बस्ने बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो ।एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको सूची तयार गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ । महाधिवेशनका लागि करीव एक सय जना प्रतिनिधि मनोनयन हुने एमालेले जनाएको छ ।