जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार ०७:४१

कांग्रेस ललितपुर १ सभापतिमा थिङ विजयी


ललितपुर, मंसिर ७ । नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ विजयी हुनुभएको छ । विजयी थिङले ३ सय ५२ मत पाउनु भएको छ भने प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र) ले २ सय ४६ मत पाउनु भयो ।

ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ । विपक्षी प्यानलबाट मधुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे र खुला तर्फ रञ्जना तिमल्सिना विजयी हुनुभएको छ भने अरु सबै प्रतिनिधि सुन्दरमानको प्यानल विजयी भएको मतदान अधिकृत उद्योग प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

विजयी हुनेमा सचिवमा मधुराप्रसाद शर्मा, शेखर न्यौपाने, सहसचिवमा विजय कुमार लो र मनोहर सिलवाललगायत छन् । क्षेत्रीय महाधिवेशन सभापतिमा फरक प्यानलमा रामकृष्ण लामा (इन्द्र)को प्यानलले उम्मेदवारी दिएको थियो ।