जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार ०८:१७

एमाले महाधिवेशन : आज चितवनसहित देशभर बिशाल मोटरसाइकल र्याली



चितवन, मंसिर ७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचार गर्नका लागि आयोजित मोटरसाइकल र्यालीको तयारी पूरा भएको छ । यही मङ्सिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि आज मङ्गलबार बृहत् मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल र्याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताउनुभयो । र्यालीको संयोजन युवा संघ नेपाल चितवनले गरेको छ । मोटरसाइलक र्यालीमा बृहत् सहभागिता जनाउने गरी तयारी भएको संयोजक सुवेदीले बताउनुभयो ।

आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु हुने मोटरसाइकल र्यालीले भरतपुर महानगरपालिकाका विभिन्न भागहरु परिक्रमा गर्दै पुनः नदी किनारमा पुगेर समापन हुने सुवेदीको भनाइ छ ।