जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १५:२४

गुटलाई पार्टी मान्न सकिँदैन भन्दै अध्यक्ष ओलीले भने -महाधिवेशनमा माधव नेपाललाई निम्ता गर्न मिलेन


काठमाडौं, ७ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताउनुभयो । एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ ।

गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले अनुशासानको कारबाही गरेकाले माधव नेपाललाई बोलाउन नसकिने ओलीले बताउनुभयो ।

महाअधिवेशनमा नेता नेपाललाई किन नबोलाउनु भएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उहाँले भन्नुभयो,‘नेपालले एमाले फुटाएको, अनुशासनहिन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँदैन। गुटका नेतालाई पार्टीको हैसियत बोलाउन मिल्दैन ।’