जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार २०:४१

रूपन्देहीमा देउवा–पौडेल समूहबीच कुटाकुट : पौडेलपक्ष घाइते


काठमाडौँ, मंसिर ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ को मतगणनास्थलमा कुटाकुट भएको छ।सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा अचानक विवाद सिर्जना भएपछि मंगलबार साँझ कुटाकुट भएको हो। मतगणनास्थलमा भएको कुटाकुटमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसी घाइते भएकौ स्थानियबासीले जनाएका छन् । सभापति शेरबहादुर देउवा समूहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा चोट लागेको पौडेल पक्षले बताएको छ। केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेले जानकारी दिनुभयो ।