जनता टाइम्स

८ मंसिर २०७८, बुधबार ०६:४७

एमालेलाई मात्रै होइन, देशकै लागि जरुरी छ केपी ओलीको नेतृत्व


केपी ओलीकै नेतृत्वका कारण एमाले चर्चित र आर्कषक बनेको छ । केपी ओली कै नेतृत्वमा एमालेले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमासमेत चर्चा पाएको छ । एमालेलाई मुलुकका अन्य पार्टी भन्दा शक्तिाशाली बनाउने पौरख र सोच केवल केपी ओलीमा मात्रै छ । त्यसैले केपी ओलीलाई नेता, कार्यकर्ता शुवेच्छुक शुभचिन्तक जनता सबैले श्रद्धेय नेताको रुपमा लिन्छन । उहाप्रति आम मानिसको आर्कषण छ । केपी ओलीप्रतिको आर्कर्षण र श्रद्धा बढ्नुको कारण राष्ट्र, राष्ट्रियता र बिकाशको पक्षमा काम गर्नु नै मुख्य हो । नेपाली भूमिको सीमारक्षक बन्नु हो

दुर्गा भण्डारी

‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ मूल नाराका साथ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा शुरु हुँदैछ । देशभरिबाट १ हजार ९ सय ९४ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । थप ५ प्रतिशत पनि मनोनित हुनेहरु १ सय ३ गरी २ हजार २ सय ९७ रहेका छन् । मुलुक कै अहिलेसम्मको ठूलो र नेतृत्वदायी पार्टी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशन उत्सवमय बनेको छ । प्रचारप्रसारको शैली, प्रबिधिको प्रयोग कार्यकर्ताको ठूलो संख्यामा उपस्थीतिले, एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा रौनक थपिदिएको छ । यति ठूलो संख्यामा नेता, कार्यकर्ता, शुवेच्छुक शुभचिन्तक र जनताको उपस्थीतिलाई ब्यवस्थीतसमेत गरिएको देखिन्छ । महाधिबेशनको उद्घाटन समारोहलाई ब्यवस्थीत बनाउन दुईवटा ड्रोनबाट निगरानी गरिने ब्यवस्थापन समितिले जनाएको छ ।

चितवनमा सम्पन्न हुनगइरहेको एमालेको महाधिवेशनले एकताको सन्देश दिन खोजेको थियो । देश भरीबाटबाट सहमतिका आधारमा यो गुट वा त्यो गुट नभनी प्रतिनिधीहरुको छनौट गरिएको थियो । तर एमालेभित्रकै केही नेताहरुले सहमति होइन, जवर्जस्त चुनावी बाताबरणको ढोका खोलेको देखियो । आन्तरिक रुपमा चुनाव नै भए पनि जित्ने र हार्ने दुवै पक्षले सहज रुपमा लिनु पर्ने हुन्छ । अहिले एमालेको नेतृत्वमा आउन चाहना राख्नेहरु संख्या ठूलो देखिएको छ । एमालेको बिधानअनुसार बिगतमा भूमिगतकालमा काम गरेका जेलनेल सहेका कार्यकर्ता भन्दा फरक शैली, फरक पहिचान बोकेका नयाँ कार्यकर्ताको आवागमन हुने देखिएको छ । कतिपय उमेरको कारणले बहिरिनु पर्ने अवस्था छ भने कतिपयले क्लटरका कारण कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिन्छ ।

यसपटक महिलाहरु ठूलो संख्यामा केन्द्रीय नेतृत्वमा आउने पक्का देखिएको छ । अघिल्लो पटक महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उठेका महिला वा समाबेशी कोटा जितेकाहरु फेरि पनि महिला वा समाबेशी कोटामा दोहोर्यान नपाउने ब्यवस्था छ । सानो संख्याको पदाधिकारीमा पनि केही महिला र समाबेशी कोटाका नेताहरुको उमेद्वारी पर्ने देखिन्छ । त्यसो भएको हुदा धेरै जसो नयाँ अनुहारको उदय हुनेछ । भर्रखरै अन्य पार्टीबाट प्रबेश गरेकाहरु, पार्टी पद्धति र संगठन शैली बुझ्न नसकेकाहरु पनि हुनेछन् । यस्तो अवस्थामा पार्टीले शुरुवाती अवस्थामा नै प्रशिक्षित गर्नुपर्ने देखिन्छ । भूमिगतकालमा काम गरेकाहरु अनुभवी कार्यकर्ता बिचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । कार्यकर्ताको ब्यस्थापन नै एमाले दशौं महाधिबेशनको मुख्य चुनौति हो ।

अवको नेतृत्वले एमालेमा चुनाव हारेकाहरु बीचको तुष मेटाउन सक्नु पर्छ । सहमति र एकताको महाधिवेशन बनाउन खोज्दा पनि जवर्जस्त निर्वाचनमा जान खोज्नेहरुले फेरी पनि बिवाद र असन्तुष्टिहरु बढाउने सम्भावना देखिएको छ । फेरि पनि निर्वाचनमा हार्ने पक्षले एमाले नेतृत्वलाई गाली गर्ने, असहयोग गर्ने अवस्था हुनु हुदैन । एमालेको बिधानमा ७० उमेरको हद र एक पदमा २ पटक भन्दा बढी बस्न नपाउने ब्यवस्था छ । बितमा पनि एमालेका निर्वाचित अध्यक्ष केपी ओलीलाई निर्वाचनबाट पराजित भएका माधवकुमार नेपालबाट असहयोग भयो । पराजित भएको ब्यक्ति पनि आफै अध्यक्ष हुन नपाएकोमा सधैभरी बिवाद खडा गरियो । पार्टीका निवार्चित अध्यक्षलाई काम गर्न नदिनेसम्मको हर्कत भयो । अन्तगोत्वा अध्यक्ष केपी ओलीलाई हटाउन नसकेपछि आफै हटे । पार्टीमा भाडभैलो गरेर गए । फेरी त्यहि प्रबृति दोहोरिन्छ की भन्ने चिन्ता रहेको छ ।

माधव नेपालले रोपेको कलहको बिउ उखेल्न एमालेलाई सकस परेको छ । एमालेमा अहिलेसम्म नेतृत्व गरेका नेताहरुले पार्टीलाई यस्तो आकर्षणको केन्द्रसम्म पुर्याउन सकेका थिएनन । एमालेलाई बिगतमा अरु पार्टीहरले न भाले न पोथी, लिंड्ड नछुट्टिएको भनेर हेप्ने गरेका थिए । जव केपी ओली पार्टी अध्यक्ष बन्नुभयो त्यसपछि पार्टीको पोजिसन छुट्टै बन्यो । केपी ओलीकै नेतृत्वका कारण एमाले चर्चित र आर्कषक बनेको छ । केपी ओली कै नेतृत्वमा एमालेले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमासमेत चर्चा पाएको छ । एमालेलाई मुलुकका अन्य पार्टी भन्दा शक्तिाशाली बनाउने पौरख र सोच केवल केपी ओलीमा मात्रै छ । त्यसैले केपी ओलीलाई नेता, कार्यकर्ता शुवेच्छुक शुभचिन्तक जनता सबैले श्रद्धेय नेताको रुपमा लिन्छन । उहाप्रति आम मानिसको आर्कषण छ । केपी ओलीप्रतिको आर्कर्षण र श्रद्धा बढ्नुको कारण राष्ट्र, राष्ट्रियता र बिकाशको पक्षमा काम गर्नु नै मुख्य हो । नेपाली भूमिको सीमारक्षक बन्नु हो ।

नेपालका सीमाहरुको सुरक्षा भारतप्रतिको परनिर्भरर्ता हटाउने, देखिने गरी बिकास गर्नु यस्ता कामले केपी ओलीलाई उचाइमा पुर्याएको छ । उहाप्रतिको क्रेज बढेको छ । मान्छे देख्न नपाए पनि डमीसंग फोटो खिच्ने उहाको भाषणको टिकटक बनाउने कार्य नै केपी ओलीप्रति क्रेज बढेको प्रष्ट प्रमाण हो । वास्तवमा नेपालले अहिलेसम्म केपी ओली जस्तो क्षमतावान नेता पाएको छैन । उहाँको हक्की स्वभाव र आफ्नो कुरा स्पष्टसंग राख्न सक्ने क्षमता छ । जनतालाई आफ्नो पक्षमा पार्न सक्ने खुवी रहेको छ । कसै गरेर पनि केपी ओलीलाई परास्त गर्न नसकेपछि षडयन्त्रपूर्वक अदालतबाट कु गरियो । बिपक्षीहरुको एमाले फुटाउने टार्गेट पनि सफल भयो । त्यो बेलामा धेरैको अनुमान थियो, एमाले ठूलो क्षति बेहोर्नु पर्छ । तर जति नेता जता गए पनि एमाले प्रतिको आकर्षण (ग्ल्यामर) भने कम भएको छैन । जसरी महासागरको पानी जति प्रयोग गरे पनि कम हुदैन, त्यसैगरी जति नेताहरु फुटेर गए पनि एमालेको लोकप्रयितामा कमी आउदैन । एमालेलाई आर्कषक र लोकप्रिय पार्टी बनाउने जस पार्टी अध्यक्षलाई नै जान्छ । असल नीति र सकृय नेतृत्वकै कारण एमाले जनता माझ झन झन लोकप्रिय बन्दै गएको छ र एमालेको महाधिवेश पनि उत्सव जस्तो छ । मानौं यो एउटा पार्टीको महाधिवेशन नभएर आम निर्वाचन जस्तो महसुस भएको छ ।

एमालेको बिधान महाधिवेशले नै धेरै कुराको शुभ संकेत गरिसकेको छ । कार्यकर्ता माझ खुशीयाली छाएको छ । असहमति, बिवाद र बिभाजनले निरास बनाएको थियो एमालेलाई । नेतृत्वका कारण कार्यकर्तामा उत्साह थपिएको छ, जागर चलेको छ । कार्यकर्ताहरु नेतृत्वप्रति गर्व गर्न थालेका छन् । अवका दिनमा इमान्दार कार्यकर्ताको पनि कदर हुनेछ । यो खुशीयाली संधैभरि कायम रहन सकोस । पार्टी गतिबिधी संचालन गरेर पार्टी चलायमान बनाएर नै पोजिसन कायम गर्न सकिन्छ । कार्यकर्तालाई सक्रिय बनाई राखेर जनतामाझ बिचार पुर्याउनु पर्छ । एमाले मुलुककै शक्तिशाली र नेतृत्वदायी पार्टी हो भन्नेमा कुनै दुबिधा छैन ।

एमाले महाधिबेशनबाट कुशल नेतृत्व समूह छनौंट होस । अध्यक्ष केपी ओलीको बिचार भावना र रफ्तारमा पार्टी गतिबिधि संचालन गर्ने समूह आउन सकुन । नेपाल र नेपालीको राष्ट्रियता जोगाउन एमालेकै खाचो छ । जुन काम एमाले अध्यक्ष केपी ओलीबाहेकले गर्नै सक्दैनन । त्यसकारण पार्टी र देशलाई अझै पनि केपी ओली चाहिएको छ । त्यसैले महाधिवेशनबाट ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाएर पार्टी कार्यकर्ता र आम जनताको भावनाको कदर गरौं । किनकि एमालेका लागि मात्रै होइन, देशकै लागि केपी ओलीको नेतृत्व जरुरी छ ।