जनता टाइम्स

८ मंसिर २०७८, बुधबार ०६:५६

कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी


बैतडी, मंसिर ८ । नेपाली कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी हुनुभएको छ । चन्द ८०९ मत प्राप्त गरी बिजयी बन्नुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी शिवराज भट्टले ४८९ मत मात्रै पाउनु भयो ।

उपसभापतिबाहेक पदाधिकारीमा अन्य पदमा पनि चन्द प्यानलबाटै विजयी भएका छन् । उपसभापतिमा शिवराज भट्ट प्यानलका वीरबहादुर विष्टबाहेक अरु सबै पदमा चन्द प्यानलका उम्मेदवार विजयी भएका हुन् । विष्टले ६५८ मत प्राप्त गर्नुभएको छ । अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपसभापतिमा प्रतिस्पर्धा गरेका चन्द प्यानलका रमेशदत्त पाण्डे (६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित हुनुभयो ।

सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । भट्ट प्यानलका रमेशसिंह भण्डारी ५९५ र कर्णबहादुर बोहरा ५२९ मत ल्याएर पराजित हुनुभयो । सहसचिवमा पनि चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी हुनुभएको छ । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित हुनुभयो । बैतडीमा १ हजार ४०९ मत रहेकोमा १ हजार ३४८ मत खसेको थियो ।