जनता टाइम्स

८ मंसिर २०७८, बुधबार ०७:५४

काँग्रेसको मतगणनास्थलमा गोली चल्यो, ७ जना घाइते


काठमाडौं, ८ मंसिर । १४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसको प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा गोली चलेको छ । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको जनाइएको छ ।

मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लेखनाथ जिसीले बताउनुभयो । प्रदर्शनसँगै झडपले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाउनुका साथै सात सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । यद्यपि गोली कसैलाई लागेको छैन । यसैबीच झडपका क्रममा दुई प्रहरी सहित कम्तिमा ७ जना घाइते भएका छन्।