जनता टाइम्स

८ मंसिर २०७८, बुधबार ०८:४५

कांग्रेस प्युठान सभापतिमा गिरी विजयी


प्युठान, मंसिर ८ । नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरि विजयी हुनुभएको छ । मंगलबार राति सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई ७२ मतअन्तरले पराजित गर्नुभएको हो ।

गिरिले ५ सय ६६ मत पाउँदा रिजालले ४ सय ९४ मत प्राप्त गर्नुभयो । सभापतिमा निर्वाचित गिरि गौमुखी गाउँपालिका अध्यक्ष हुनुहुन्छ । १४औँ जिल्ला अधिवेशनमा सभापतिबाहेकका पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो ।