जनता टाइम्स

८ मंसिर २०७८, बुधबार १०:१०

अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित, देउवाका उम्मेदवारलाई सबैभन्दा कम भोट


अर्घाखाँची, मंसिर ८ । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मत मात्रै पाउनु भयो ।

अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत प्राप्त गर्नुभएको छ । पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैभन्दा कम मत प्राप्त गर्नुभएको छ ।

देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेदवार बनाउनु भएको थियो । श्रेष्ठलाई पौडेल पक्षका डा. रामबहादुर बिसीलगायतका नेताको समर्थन थियो ।