जनता टाइम्स

८ मंसिर २०७८, बुधबार १६:०६

कांग्रेस : अछाममा खसेकोभन्दा १८ मत भेटियो बढी


अछाम, ८ मंसिर । नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशनअन्तर्गतको चुनावको मतगणना भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ ।

निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् ।

७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् । खसेकोभन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताउनुभयो ।