जनता टाइम्स

९ मंसिर २०७८, बिहीबार ०८:५८

आज तीन वटा प्रदेशमा हिमपातको सम्भावना :यस्तो छ तीन दिनको मौसमी विवरण

काठमाडौं, ९ मंसिर ।  देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।काठमाण्डौसहित देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो भने बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् । तर, आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन ।

मौसम धुम्म भएको छ । तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कणहरु पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्णरुपमा नखुलेको हो ।तत्काल पानी पर्ने र तीव्र गतिमा हावा लाग्ने सम्भावना नभएकाले केही दिनको मौसम यस्तै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यस्तै, आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

यी क्षेत्रमा राति पनि हिमपात हुने उहाँले बताउनुभयो ।यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ ।हिजो १० दशमलव २ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज ८ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

२०७८ मंसिर ०९ गते (बिहिबार) 

दिउँसो : देशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बागमती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर १० गते (शुक्रबार) 

दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  देशका पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर ११ गते (शनिबार) 