जनता टाइम्स

९ मंसिर २०७८, बिहीबार १३:२६

एमाले महाधिवेशन : सहमतिमै नेतृत्व चयन हुने बादलको दाबी


चितवन, ९ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निश्कर्ष रहेको बताउनुभएको छ ।महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताउनुभयो ।

आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको अब निर्णय गर्ने बताउनुभयो। ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्‍र्यौँ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ ।

सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ, उहाँले भन्नुभयो ।’महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । एमाले अध्यक्ष ओली केहीबेरमा चितवन आउँदै छन् । एमाले नेता महेश बस्नेत आज चितवन आइपुग्ने कार्यतालिका रहेको छ ।