दार्चुला, मंसिर ११ । सुदूरपश्चिम प्रदेशसभा सांसद नन्दाकुमारी बम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट महिला प्रत्यक्षतर्फ चार सिटका लागि पाँचजनाको प्रतिस्पर्धा भएकोमा बमले ४ सय ९० मत मात्र ल्याएर पराजित हुनुभएको हो ।
महाधिवेशन प्रतिनिधिमा शैल्यशिखर नगरपालिकाका उपमेयर राजमती पाल र शान्तिदेवी बमले समान ६८७/६८७ मत ल्याएर विजयी हुनुभएको छ । दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले ६ सय ६९ र यसोधा तिंकरीले ५ सय ६७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाले मनोनयन दर्ता गराएका थिए । महाधिवेशन प्रतिनिधिमा २५ जना चयन भएका छन् ।













प्रतिक्रिया दिनुहोस्