जनता टाइम्स

११ मंसिर २०७८, शनिबार १६:१४

देशै एमालेमय छ: गोकुल बास्कोटा



सौराहा, ११ मंसिर । नेकपा एमलेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताउनुभयो । उहाँले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहेको भन्दै कार्यकर्तमाथि बुट बजारिने बताउनुभयो । ‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो । तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ । ओलीमय छ । एमाले त ओलीमय भइहाल्यो नि,’ भीन रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बास्कोटाले भन्नुभयो । नेता बासकोटाले एमालेलाई ठिक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने उहाँले बताउनुभयो । ‘मेरो उम्मेदवार एमालेलाई जहाँ ठिक हुन्छ त्यहीँ । सर्वसम्मत एमालेले बनाउने, चुनाव भए कार्यकर्ताले बनाउने छन्,’ उहाँले भन्नुभयो ।