जनता टाइम्स

१३ असार २०७६, शुक्रबार ०८:४६

काठमाडौं सिरिन्ज आंतक फैलाउने पक्राउ, उनको बयानबाट प्रहरी नै आश्चर्यचकित


काठमाडौं, असार १३

काठमाडौंमा केही समयदेखि सिरिन्ज आक्रमण गरी आतंक मच्चाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजेतिर महाराजगंजबाट उनलाई पक्राउ गरेको हो ।

रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिाडेको आरोपमा पक्राउ गरेको हो। उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।

उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन् । उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन् । कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको प्रारम्भिक बयान दिएका छन् । उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।

काठमाडौंमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डीएएपी होविन्द्र बोगटीले बताउनु भयो । उहाले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भयो ।