जनता टाइम्स

१२ मंसिर २०७८, आईतवार १९:३१

भीम रावलप्रति आक्रामक बनिन कोमल वली


चितवन, मंसिर १२ । एमाले नेतृ कोमल वलीले उपाध्यक्ष भीम रावलले आफ्नो आफ्नो बिश्वास र आस्थामाथि खेलवाड गरेको भन्दै कडा आक्रोश पोख्नुभएको छ ।

उपाध्यक्ष पदसमेत नपाउने अवस्था आएपछि बार्गेनिङका लागि अध्यक्षकै उम्मेद्वारी दिनुभएको आरोप खेपिरहनु भएका रावलले आफ्ना समर्थन लगाएर हिडदा हिडदै फोटो खिचेर कोमलसमेत रावलतिर लागेको दुश्प्रचार गरेपछि उहाँले यस्तो बताउनु भएको हो ।

‘हिँड्दा हिँड्दै पर्चादिएर षडयन्त्रपुर्ण तरिकाले तस्बिर खिचेर मेरो विश्वास र आस्था माथी खेल्न खोजेकोमा खेद व्यक्त गर्दछु, मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष केपी ओलीज्यू प्रतिको अभेद्धे दृढत्वलाई कुनैकुराले तोड्न सक्दैन, फोहोरी खेल नखेल्न अनुरोध,’ वलीले भन्नुभयो ।