काठमाडौं, असोज २४। रातिदेखि परेको वर्षाका कारण सडकमा लेदो र पहिरो खसेपछि आज बिहानैदेखि बीपी राजमार्ग अवरुद्ध भएको छ।
सडकका विभिन्न स्थानमा लेदो र पहिरो खसेको भए पनि कुन–कुन स्थानमा अवरोध भएको छ भन्ने यकिन विवरण प्राप्त हुन बाँकी रहेको छ।
मङ्गलटार प्रहरीका अनुसार रोशी आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ। वर्षा जारी रहनुका साथै सडकमा लेदो र पहिरो खसेकाले राजमार्ग सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध हुँदा उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।













प्रतिक्रिया दिनुहोस्