जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार ०६:५१

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित, ६ हजार ५८४ मत प्राप्त


काठमाडौं, असोज २३। नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार थापा सभापति पदमा निर्वाचित हुनुभएको हो।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका–२०८२ बमोजिम सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ६ हजार ५५९ मत सदर र ५४ मत बदर भएको जनाइएकाे छ। निर्वाचन परिणाम सार्वजनिक गर्दै समितिले सभापति पदमा थापा निर्वाचित हुनुभएको घोषणा गरेको हो ।