जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २१:०७

गजुरीमा सडक भासिँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध


काठमाडौं, असोज २३ । धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

शुक्रबार साँझ त्रिशूली नदीले सडक कटान गर्दा पृथ्वी राजमार्गअन्तर्गत गलौदीमा सडकको तल्लो भाग भासिएको हो। सडक भासिएपछि दुवैतर्फको यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्ड पूर्ण रूपमा बन्द रहनेछ। सडक अवरुद्ध भएपछि काठमाडौँ र मुग्लिनतर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।