जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २१:०४

कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, राष्ट्रिय सभा गृहमा गर्ने तयारी


काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान सकिएलगत्तै सभापति पदको मतगणना आजै रातिदेखि सुरु गर्ने तयारी गरिएको छ।

निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएपछि सभापति पदको मतगणना सुरु गरिने जानकारी दिनुभएको छ।

पार्टी विधानअनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक पर्ने भएकाले पहिलो चरणमै आवश्यक मत नआए दोस्रो चरणको निर्वाचन गर्नुपर्ने हुन्छ। यही कारण सभापति पदको मतगणना आजै गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

खड्काका अनुसार सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमा गर्ने तयारी छ भने अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालयमा गरिनेछ।

सभापति पदका लागि विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा हुनुहुन्छ।