जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २२:११

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदान सम्पन्न, सहभागी सबैलाई धन्यवाद


काठमाडौं, असाेज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

लोकतान्त्रिक अभ्यास, स्वस्थ प्रतिस्पर्धा र आपसी सम्मानको भावनासहित मतदान प्रक्रिया सम्पन्न भएको नेपाली कांग्रेसले जनाएकाे छ।

मतदान प्रक्रियामा सहभागी सम्पूर्ण महाधिवेशन प्रतिनिधि, उम्मेदवार, निर्वाचन समिति, स्वयंसेवक तथा व्यवस्थापनमा खटिनुभएका सबैप्रति पार्टीले धन्यवाद व्यक्त गरेको छ।

पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउँदै आपसी एकता, सहकार्य र सम्मानको संस्कृतिलाई निरन्तरता दिन यस प्रक्रियाले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

मतदान राति १० बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।