जनता टाइम्स

१३ मंसिर २०७८, सोमबार १६:५५

लुम्बिनीबाट केन्द्रीय सदस्यमा नौ जना निर्विरोध


काठमाडौं, १३ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि लुम्बिनी प्रदेशबाट सबै ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जनकारीअनुसार लुम्बिनी प्रदेशको नौ वटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नौ कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध हुने भएका हुन् ।

लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ तथा महिलातर्फका तीन गरी नौ कोटामा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने भएका हुन् ।

जसअनुसार लुम्बिनी प्रदेशबाट खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्विरोध रुपमा केन्द्रीय कमिटीमा पुग्नुभएको हो । महिलातर्फका तीन कोटामा मेनका पोखरेल, सरिता खनाल (भुसाल) र सावित्रा अर्याल केन्द्रीय कमिटी सदस्यका लागि निर्विरोध हुनुभएको हो । एद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।