सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । एमालेका दुई हजार १५३ प्रतिनिधिमध्ये निर्वाचन आयुक्त विजय शुब्बाका अनुसार २ हजार ९६ मत खसेको बताइएको छ । मतदान गर्ने अन्तिम समय ११ः१५ बजे सम्म ५७ जना मतदाता अनुपस्थित भएका छन् ।
यही १० गते नारायणी नदी किनारमा उद्घाटन समारोह सम्पन्न गरेर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतीको प्रयास असफल भएपछि आज विहान ४ बजेबाट मतदान भएको थियो । विहान अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र अर्का उम्मेद्वार भीम रावलले मतदान गरेर मतदान सुरु भएको थियो ।
निर्वाचनमा अध्यक्ष पदका लागि दुई, उपाध्यक्षमा ६ पदका लागि सात, सचिवमा ७ पदका लागि ९ जनाले उम्मेद्वारी दिनुभएको थियो । त्यस्तै प्रदेश नम्बर १ को खुला र महिला, सूदूरपश्चिम प्रशेशको महिला, दलित खुलाबाट महिला, थारु महिला, पिछडिएको क्षेत्र खुला र खुल केन्द्रीय सदस्य पदका लागि पनि मतदान भएको छ । निर्वाचन आयोगका अनुसार अबको दुईदेखि तीन घण्टाभित्रै सम्पूर्ण परिणाम आउने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्