१४ मंसिर २०७८, मंगलबार ००:००

यी हुन एमाले महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष र सचिव


चितवन, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि सार्वजनिक गर्नुभएका ६ जना नै निर्वाचित हुनुभएको छ । भर्खरै सार्वजनिक भएको नतिजाअनुसार फराकिलो मतसहित उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, बिष्णु पौडेल र सुवास नेम्वाङ निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा उम्मेद्वार बन्नुभएका घनश्याम भुसाल पराजीत हुनुभएको छ । यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुबीर महासेठ, छविलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्याल निर्वाचित हुनुभएको छ । सचिवमा उम्मेद्वार बन्नुभएका भीम आचार्य र टंक कार्की पराजीत हुनुभएको छ ।