१४ मंसिर २०७८, मंगलबार ००:००

एमाले सचिवमा गोकर्ण विष्टले पाए सर्वाधिक मत, योगेश भट्टराई दोस्रो : कस्को कति ?


चितवन, मंसिर १४ । एमाले १०औँ महाधिवेशनबाट सात जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी हुनुभएको हो ।

सचिवमा गोकर्ण बिष्ट पहिलो र योगेश दोस्रो मत ल्याएर बिजयी हुनुभएको छ भने भीम आचार्यलाई थोरै मतले पराजीत गर्दै रघुबीर महासेठ सातौ नम्बरमा बिजयी हुनुभएको छ । विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत प्राप्त गर्नुभएको छ ।

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित हुनुभएको छ । आचार्यले १३०० मत र कार्कीले ५०० सय मत पाउनु भएको छ ।