जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार ०७:०५

पद्मा अर्यालको छलाङले कार्यकर्तामा थपिएको त्यो उत्साह


पदाधिकारीमा २ जना महिलाहरु अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित हुनुभएको छ । अष्टलक्ष्मी शाक्य पहिला पनि उपाध्यक्ष हुनुहुन्थ्यो पद्मा अर्यालको पहिलो पटक इन्ट्री भएको छ । वास्तवमा महिलाहरुले मेहनतले माहोल निमार्ण गर्न सके भने राजनीतिमा छिट्टै उदय हुने देखियो । यसले महिलाहरु नेतृत्वमा स्थापित हुन सक्ने संकेत देखिएको छ । सचिवमा पद्मा अर्यालको छलाङले सतहमा रहेका कार्यकर्तामा उत्साह थपिएको छ । एमालेको राजनीति गर्न आकर्षित गराएको छ

दुर्गा भण्डारी

देशको ठूलो पार्टी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेश भब्यताका साथ सम्पन्न भएकोछ । मुलुकै सर्वाधिक लोकप्रिय नेता केपी शर्मा ओली एमाले अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । देशभरिबाट २ हजार १ सय ५३ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका छन । मुलुककै अहिलेसम्मको ठूलो र नेतृत्वदायी एक मात्र पार्टी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा दशौं लाखको उपस्थिति रहेको देशी तथा बिदेशी मिडियाहरुले अड्कल गरेका छन् । महाधिबेशनलाई भब्य र सब्यरुपमा सम्पन्न गर्न सुरक्षा ब्यवस्था चुस्त पारिएको थियो । महाधिवेशनको मानवसागर हेर्दा कुनै अप्रिय घटना हुन सक्ने सम्भावना थियो । तर त्यो हुन पाएन, सुखद पक्ष हो । खचाखच मानव सागरबीच नारायणी पुलले पनि मानवभार थेगेकोे थियो । त्यसैगरी भिडभित्र अनेक प्रकारका घुषपैठ हुन पनि सक्थे तर पाएन । उपस्थित ठूलो कार्यकर्ता र शुभचिन्तकहरुको संख्या अनुशाशित देखिन्थ्यो । यो त भयो महाधिवेशनमा महसुस गरिएका बाहिरी पक्ष ।

यस पटक एमालेको महाधिवेशमा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी पार्टीको केन्द्रीय कमिटीमा ठूलो संख्यामा महिलाहरुको उपस्थिती देखियो । अव एमालेका महिला कार्यकर्ताहरुले अवसरको भरपुर सदुपयोग गर्नुपर्ने बेला आएको छ । ३३ प्रतिशत महिला सहभागिताले धेरै महिलाहरुलाई नेतृत्वमा स्थापित हुने अवसर जुराएको छ । नेकपा एमालेको बिधान महाधिबेशबाट केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिताको ब्यवस्था गरेको थियो । सो अनुसार महिलाहरु १ सय ३ जना निर्वाचित भएका छन ।

पदाधिकारीमा २ जना महिलाहरु अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित हुनुभएको छ । अष्टलक्ष्मी शाक्य पहिला पनि उपाध्यक्ष हुनुहुन्थ्यो पद्मा अर्यालको पहिलो पटक इन्ट्री भएको छ । वास्तवमा महिलाहरुले मेहनतले माहोल निमार्ण गर्न सके भने राजनीतिमा छिट्टै उदय हुने देखियो । यसले महिलाहरु नेतृत्वमा स्थापित हुन सक्ने संकेत देखिएको छ । सचिवमा पद्मा अर्यालको छलाङले सतहमा रहेका कार्यकर्तामा उत्साह थपिएको छ । एमालेको राजनीति गर्न आकर्षित गराएको छ । त्यति मात्रै होइन, एमालेमा १ सय १ जना महिलाहरु केन्द्रीय कमिटीको सदस्य भएका छन् । आउने दिनमा दक्षता र क्षमता बढाउदै लगेमा पदाधिकारीका समेत महिलाहरुले दावी गर्ने अवस्था रहन्छ ।

एमालेको बिधानअनुसार ७० बर्ष उमेरहदको ब्यवस्था छ । धेरै नेताहरु उमेर हदका कारण बाहिरिन सक्ने अवस्था देखिएको छ । बिगतमा भूमिगतकालमा काम गरेका र जेलनेल भोगेका पुराना कार्यकर्ता र फरक शैली फरक पहिचान बोकेका नयाँँ कार्यकर्ताको उपस्थिति देखिएको छ । महिला सदस्यहरु कोही पुराना र केही नयाँ अनुहारको आगम भएको छ । एमाले पद्धती र संगठनात्मक शैलीलाई पछ्याउन सक्नुपर्छ । यसरी नै नेतृत्वमा प्रभाव छोड्न सक्ने हो भने महिला नेतृत्व एमालेमा स्थापित हुने अवस्था देखिन्छ । जुनसुकै राजनैतिक पार्टीमा पनि दक्ष महिलाको खाँचो छ । नेकपा एमालेमा पनि सक्षम महिला नेतृत्वको खाँचो छ ।

आफूलाई अब्वल साबित गर्न सक्ने र नेतृत्वको बिश्वासपात्र बन्न सकेमा महिलाहरुलाई अगाडि बढ्न धेरै अफ्ठेरो पनि छैन । यसको ज्वलन्त उदाहारणको रुपमा एमालेका नवनिर्वाचित सर्वाधिक चर्चित सचिव पद्मा अर्याललाई लिन सकिन्छ । पद्मा अर्यालले अग्रज तथा समकक्षीलाई पछि पार्दै सचिव बन्न सफल हुनुभयो । ०६४ सालको निर्वाचनमा समानुपातिक सभासद बन्नुभयो । उहाँ पटक पटक समानुपातिक सांसद बनेर महिलालाई पद दिएनन भनेर महिलावादी कुरा गर्नेभित्र पर्नु भएन । आफ्नो क्षमतालाई साबित गर्नतर्फ लाग्नुभयो । अर्याल एमालेको पहिलो महिला जिल्ला अध्यक्ष बन्न सफल हुनुभयो । उहाँ स्याङजा जिल्लाको अध्यक्षमा निर्वाचित भएपछि भाग्योदय भयो । अर्थात उहाँ पार्टी अध्यक्ष भएपछि आफ्नो क्षमता प्रर्दशन गर्ने प्लेटर्फम पाउनु भयो । ०७४ को निर्वाचनमा कांग्रेसका हस्ती मानिने, बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई हराउदै आफूलाई नेतृत्व गर्न लायक छु भनेर प्रस्तुत गर्नुभयो । ०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्यालले सुरुमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र पछि भूमि सहकारी तथा गरिवी निवारण मन्त्री बन्ने अवसर पाउनु भयो । यो अवसरलाई पनि उहाँँले आफू अब्बल छु भनेर साबित गरिदिनुभयो ।

महिलाहरुको संख्या कमै हुन्छ तर पुरुषहरुको संख्या पनि धेरै र प्रतिष्पर्धा पनि कडा हुन्छ । यसपटक महिलाहरु ठूलो संख्यामा केन्द्रीय नेतृत्वमा आएका नयाँ पुराना अनुहारहरुले आफूलाई अर्याल जस्तै साबित गरेर देखाउन सक्नुपर्छ । कार्यकर्ताको ब्यवस्थापन नै मुख्य चुनौति रहेको एमाले महाधिवेशनबाट समावेशी नेतृत्व बनेको छ । केपी ओलीकै नेतृत्वका कारण एमाले चर्चित र आर्कषक बने जस्तै अर्यालले पनि ओलीको बिरासत जोगाउनु पर्छ । एमाले अध्यक्ष केपी ओलीको सच्चा उत्तराधिकारी बन्न सफल हुनुपर्छ

उहाँँ कै पालामा नेपालको लिपुलेक लिम्पीयाधुरा र कालापानी सहितको चुच्चे नक्सा जारी गरेर गर्व गर्न लायक काम गर्नुभयो । त्यसैगरी सगरमाथाको उचाई मापन गर्ने र सुकुमबासीका समस्या समाधान गर्न आयोग गठन गर्नुभयो । सो आयोगले धेरै राम्रा कामहरु गरेका छन् । मन्त्री परिषद पुर्नगठन भएपछि पनि उहाँले कृषि मन्त्रीको जिम्मेवारी पाएको केही दिनमै मल ल्याउन सफल हुनुभयो । कृषकहरुको पनि प्रिय बन्नुभयो अर्याल । मन्त्री भएपछि अर्यालले आफुलाई अब्बल साबित गरेर देखाईदिनु भयो । एउटा जनप्रतिनिधीको रुपमा पनि उहाँले सबैलाई समान ब्यवहार गर्ने र फरक बिचार बोक्नेहरुले पनि उहाँका कामलाई प्रसंसा गर्ने गरेका छन् । सांसद अर्यालको कामले र नेतृत्व समावेशी हुनुपर्छ भन्ने आवाजले अहिले एमालेको सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाल्न सफल हुनुभएको छ । यसरी छोटो समयमा पनि महत्वपूर्ण जिम्मेवारी पुरा गरेर नेतृत्वमा आउन सक्ने अर्याल कमै मध्ये पर्नुहुन्छ । उमेरको कुरा गर्दा पनि उहाँले पदै दाहोर्याए पनि पार्टी अध्यक्ष समेत हुन सक्ने सम्भावना देखिन्छ ।

महिलाहरुले आफूलाई साबित गरेर देखाए पनि महत्वपूर्ण जिम्मेवारी दिदैंनन भनेर आरोप मात्रै लगाउनेहरुका लागि यो गतिलो झापड हो । काम गर्ने ठाऊँ पाए भने महिलाहरुले पनि आफूलाई अब्बल साबित गरेर देखाउन सक्छन् । क्षमतावान महिलाहरुका लागि नेतृत्वमा आउन सजिलो पनि भएको छ । महिलाहरुको संख्या कमै हुन्छ तर पुरुषहरुको संख्या पनि धेरै र प्रतिष्पर्धा पनि कडा हुन्छ । यसपटक महिलाहरु ठूलो संख्यामा केन्द्रीय नेतृत्वमा आएका नयाँ पुराना अनुहारहरुले आफूलाई अर्याल जस्तै साबित गरेर देखाउन सक्नुपर्छ । कार्यकर्ताको ब्यवस्थापन नै मुख्य चुनौति रहेको एमाले महाधिवेशनबाट समावेशी नेतृत्व बनेको छ । केपी ओलीकै नेतृत्वका कारण एमाले चर्चित र आर्कषक बने जस्तै अर्यालले पनि ओलीको बिरासत जोगाउनु पर्छ । एमाले अध्यक्ष केपी ओलीको सच्चा उत्तराधिकारी बन्न सफल हुनुपर्छ ।