सप्तरी, १६ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी–१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताको टिममा रहेका उम्मेदवार विजयी हुनुभएको छ । महाधिवेशन प्रतिनिधि महिला चार र खुला १० गरी १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदवारी दिनुभएको थियो । कूल सात सय १४ मतदातामध्ये ६ सय ९८ मत खसेको छ ।
अहिलेसम्म गणना भएको ६ सय मतको परिणामअनुसार चार महिला पदमा बद्रीप्रसाद महत्मान टिमबाट तीन जना विजय भएका छन् भने एक जना गुप्ताको टिमबाट विजय भएका छन् । उक्त टिमबाट निरु पोखरेलले सर्वाधिक तीन सय ६३ मत, मीना चौधरीले तीन सय ४७ मत, रेणु गुप्ताले तीन सय २९ मत ल्याएर विजय भएका हुन् । गुप्ताको टिमबाट मुनीकुमारी गुप्ता तीन सय ४३ मत ल्याएर विजयी हुनुभयो ।
महाधिवेशन प्रतिनिधिको १० खुला पदमध्ये महत्मान टिमबाट पाँच जना विजयी भएका छन् । जसमध्ये सुबोध पोखरेल तीन सय ५९, हेमनारायण चौधरी तीन सय ५९, रामदेव साह तीन सय ५०, उमेश बस्नेत तीन सय ४५, खगेन्द्र कर्ण तीन सय २६ मत ल्याएर विजयी हुनुभएको हो । यसैगरी, गुप्ता प्यानलबाट पाँच जना विजयी हुनुभएको छ ।
गुप्ता प्यानलका तेजनारायण यादव तीन सय ७७, रामकुमार चौधरी तीन सय ५४ र शत्रुघन यादव तीन सय ३७ मत र घनान्द यादबको तीन सय २७ मत आएको छ । समानुपातिक समावेशी महाधिवेशन प्रतिनिधितर्फ मधेशी महिला एक जना, मधेशी दुई जना, दलित महिला एक जना, दलित दुई जना, थारु एक जना, मुस्लिम एक जना, अपाङ्ग अल्पसंख्यक एक जना, आदिवासी जनजाति एक जनासहित ११ जनाको परिणाम आउन भने बाँकी छ ।
२५ सदस्यीय क्षेत्रीय कार्यसमितिका लागि महत्मान र गुप्ताको दुई प्यानलका ४३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । २५ सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दुई प्यानलका ५० जनाले उम्मेवारी दर्ता गराएका थिए । क्षेत्रीय सभापतिको लागि बद्रीप्रसाद महत्मान र ललनप्रसाद गुप्ताले मंगलबार उम्मेदवारी दर्ता गराउनुभएको हो । महत्मानको टिमको सचिवमा हृदय नारायण चौधरी र ओमप्रकाश साह तथा सह–सचिवमा नन्देश्वर मण्डल र जोगेन्द्र यादव हुनुहुन्छ ।
यसैगरी, ललनप्रसाद गुप्ताको टिमबाट पदाधिकारीमा सचिवतर्फ दुर्गाप्रसाद भट्टराई र नारायणप्रसाद यादव (महरान), तथा सहसचिवमा महानन्द झा र जुगनारायण खिडहरीले उम्मेदवारी दर्ता गराउनुभएको थियो । कांग्रेस सप्तरीका सभापति दिनेश यादवको प्यानलबाट क्षेत्रीय सभापतिको लागि ललनप्रसाद गुप्ताको उम्मेदवारी दर्ता गराउनुभएको छ भने कोइराला, पौडेल टिमबाट बद्री प्रसाद महत्मानले उम्मेदवारी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्