काठमाडौं, मंसिर १६ । राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गर्नुभएको हो ।
यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको थियो । सरकारले ६ ओटा अध्यादेश जारी गरेको भोलिपल्ट संसद अधिवेशन आह्वान गरेको हो ।













प्रतिक्रिया दिनुहोस्