जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार ११:२४

प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज, कार्यबहाक बन्ने न्यायाधीश दीपक कार्कीको योजना तुहियो


काठमाडौं, मंसिर १७ । कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज हुनुभएको छ ।
कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना हुनुभएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा आज डिस्चार्ज हुनुभएको उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पातलले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

प्रधानन्यायाधीश जवरा डिष्चार्ज भएसँगै कार्यबहाक बनेर सर्वाेच्चमा कू गर्ने न्यायाधीश दीपक कार्कीको प्रयाश बिफल भएको छ । कार्की प्रधानन्यायाधीशमाथि कू गरेर सर्वाेच्चको नेतृत्व लिने सत्तारुढ गठबन्धनको योजनाअनुसार आन्दोलन गर्दै न्यायालयमाथिनै कालो धब्बा लगाउन उद्धत हुनुहुन्छ ।

अस्पतालले जारी गरेको विज्ञप्ति

सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्रशमशेर जबराज्यू, मिति २०७४/०८/१३ गतेदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहनु भएकोमा आज मिति २०७८/०८/१७ गते बिहान ०९ः३० बजे स्वास्थ्य लाभ गरी यस अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सम्माननीयज्यूको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौ ।