जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार १९:१६

एमाले केन्द्रीय कमिटीमा बागमतिबाट ६ पदाधिकारीसहित ७२ जना निर्वाचित (सूचीसहित)


काठमाडौं, मंसिर १७ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बागमति प्रदेशबाट ७२ जना केन्द्रीय कमिटीमा परेका छन । अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय आयोगमा सो संख्यामा निर्वाचित हुनुभएको एमाले बागमति प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा भएपनि अध्यक्षको उम्मेद्वारी मनोनयनमा सूर्यबिनायक ३ बालकोट भक्तपुर उल्लेख भएअनुसार अध्यक्ष ओलीसहित बागमतिका १३ जिल्लाबाट निर्वाचित संख्या ७२ पुगेको हो । बागमतिबाट पदाधिकारीमा अध्यक्ष ओलीसहित ६ जना हुनुहुन्छ । जसमा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र उपमहासचिव बिष्णु रिमाल हुनुहुन्छ ।

यस्तै अनुशासन आयोग अध्यक्षमा केशव बडाल र लेखा आयोगको अध्यक्षमा डा. पुष्पक कँडेल पनि बागमतिकै नेता हुनुहुन्छ ।


हेर्नाेस सूची