जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १०:४७

हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लो क्षेत्र नजान पर्यटकलाई अनुरोध


लमजुङ, मंसिर १८ । हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताउनु भयो ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी ९३,२४० मि. देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताउनु भयो । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । एक्याप मनाङले मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान अनुरोध गरेको छ ।