जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १२:३४

एमालेको स्थायी कमिटी र पोलिटब्यूरोमा को-को पर्लान ? यस्तो छ सूर्य थापाको खुलासा


काठमाडौं, मंसिर १८ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको कार्यबिभाजनसहित स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि मंसिर २५ गते केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दैछ ।

बैठकको मिति नजिकिएसँगै स्थायी कमिटी र पोलिटब्युरोका आकांक्षी नेताहरुले मिडियामार्फत दवाव बढाउनु भएको छ । नेतृत्व स्थायी कमिटीमा रहने नेताहरुको खाका बनाइरहदा बिभिन्न कोणबाट स्थायी कमिटी गठनको दवाव परिरहेको छ । यसैबीच मिडियामा स्थायी कमिटीमा पर्न दवाव दिइरहेको बेला केन्द्रीय सदस्य सूर्य थापा भने फरक धारमा उभिनुभएको छ ।

उहाँले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीमा अनेक स्वार्थ समूह र गुट बनाएर त्यसरी दबाब दिन जो कोही नलाग्नु नै राम्रो भन्दै मिडियामा लेखाएर पद प्राप्त नहुने आफ्नो निश्कर्ष सुनाउनु भएको छ । ‘सार्वजनिक रूपमा दबाब दिएर वा लबिङ गरेर रोजेको र खोजेको पद नेकपा एमालेमा कसैले पाउनेवाला छैन भन्ने स्पष्ट भइसकेको छ। अब स्थायी कमिटी वा पोलिटव्युरोमा पनि हुने त्यस्तै हो,’ थापाले भन्नुभएको छ ।

यस्तो छ थापाको सुझाव

पार्टीको दशौं महाधिवेशनअघि जो जसले पदाधिकारीमा उम्मेद्वारी घोषणा गरेर तामझाम नै गरेका थिए, ती कोही पनि पदाधिकारी हुन सकेनन्। सार्वजनिक रूपमा दबाब दिएर वा लबिङ गरेर रोजेको र खोजेको पद नेकपा एमालेमा कसैले पाउनेवाला छैन भन्ने स्पष्ट भइसकेको छ। अब स्थायी कमिटी वा पोलिटव्युरोमा पनि हुने त्यस्तै हो। कमरेड केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीमा अनेक स्वार्थ समूह र गुट बनाएर त्यसरी दबाब दिन जो कोही नलाग्नु नै बुद्धिमत्तापूर्ण होला !