जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १४:५९

प्रचण्डले नै खोले एमालेको मानवसागर देखेर होस उडेको तथ्य, भाषण सुनेर माओवादी कार्यकर्ता चकित


चितवन, मंसिर १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट एमालेले मानव सागर उतारेर आफ्नो होस नै उडाई दिएको रहष्य खोल्नुभएको छ । गृहजिल्ला चितवनमा पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको चौथो महाधिवेशनको आज उदघाटन समारोहमा प्रचण्डले यस्तो तथ्य खोल्नुभएको हो ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा चितवनमा उर्लिएको मानव सागरलाई प्रचण्डले अपमान पनि गर्नुभयो । उहाँले त्यति धेरै मानिस आएकोमा औडाह भएको तथ्य खोल्दै एमाले मण्डलेहरुको मोर्चामा पतन भएको आरोप लगाउनु भयो । उहाँले एमाले महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिनुभयो ।

‘अस्तिको कुम्भमेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ । त्यो पार्टी मण्डलेहरुको मोर्चामा पतन भएको छ । पञ्चर्याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ छैन,’ प्रचण्डको आरोप थियो । उहाँले यसैगरि लाखौंलाख मान्छे उतारेको पन्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँदैन भन्दै कार्यकर्तालाई थुम्थुम्याउनु भयो ।

प्रचण्डको यो भनाई सुनेर माओवादी पत्रकार नै चकित परे । पञ्चायतले सत्ताको बलमा र्याली निकालेको तथ्य भने प्रचण्डले भल्नुभयो । अहिले एमाले प्रतिपक्षमा रहेको छ । सहभागी एक पत्रकार नेताले भने, ‘सिएम (प्रचण्डलाई माओवादी नेता कार्यकर्ताले सम्बोधन गर्ने शब्द) को त पुरै होस उडेछ, पञ्चायतले सत्ताको बलमा गर्यो, एमालेले बिपक्षी हुँदा त्यति धेरै मान्छे आए ।’ प्रचण्डले चितवन अहिले राजनीतिको कुरुक्षेत्रमा परिणत भएको पनि बताउनु भयो ।