जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १५:५०

बिष्णु रिजालले राखे प्रचण्ड मण्डलेका नयाँ सस्करण रहेको तथ्य


काठमाडौं, मंसिर १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आपत्तिजनक अभिब्यक्ति दिएपछि एमाले केन्द्रीय सदस्य बिष्णु रिजालले कडा प्रतिवाद गर्नुभएको छ । प्रचण्डले आज आफ्नो गृहजिल्लामा एमालेको महाधिवेशनलाई पञ्चायतसँग तुलना गरेपछि रिजालले कडा जवाफ फर्काउदै प्रचण्ड नै मण्डलेको नयाँ संस्करण भन्नुभएको हो ।

‘आफ्नै पार्टीका प्रतिनिधिले समेत सफलताको शुभकामना दिएको नेकपा (एमाले) को महाधिवेशनलाई ‘पञ्चायत’सँग तुलना गर्नेहरू मण्डलेका नयाँ संस्करणबाहेक केही होइनन,’ रिजालले भन्नुभयो ।

यस्तो छ प्रचण्डलाई रिजालको जवाफ
आफ्नै पार्टीका प्रतिनिधिले समेत सफलताको शुभकामना दिएको नेकपा (एमाले) को महाधिवेशनलाई ‘पञ्चायत’सँग तुलना गर्नेहरू मण्डलेका नयाँ संस्करणबाहेक केही होइनन लोकतन्त्रमा अरू पार्टीका कार्यक्रमबाट आत्तिएर विक्षिप्त हुनुभन्दा त्यसभन्दा ठूला कार्यक्रम गर्ने विकल्प सबैलाई खुल्ला छ । कांग्रेस र माओवादी दुबैका महाधिवेशन हुँदैछन । यतिवेला तपाईंहरूसँग सत्ता छ, परमादेश छ, तपाईंहरूकै भाषामा ‘जनमत’ पनि छ । नारायणी किनार खाली नै छ । हाम्रो चुनौती छ– त्यही ठाउँमा हाम्रो भन्दा ठूलो सभा गरेर देखाउनूस् !