जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार ०८:०७

राप्रपा पदाधिकारीमा मिश्रित परिणाम, विक्रम पाण्डेको सर्वाधिक भोट (सूचीसहित)


काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारीमा अध्यक्ष पदमा पराजित कमल थापा समुहको बर्चश्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी हुनुभएको छ दुवै प्यानलमा समेटिएका पाण्डेले २५२१ भोट ल्याउनुभएको छ । यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी हुनुभएको छ भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी हुनुभयो । महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी हुनुभएको छ । कार्की पनि कमल थापा पक्षधर हुन ।

महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी हुनुभएको छ । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गर्नुभयो । महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी हुनुभयो । शाहीले २००८ मत ल्याउनु भयो । महिला महामन्त्रीमा रेखा थापा पराजित हुनुभयो । उहाँल १६४० मत प्राप्त गर्नुभएको छ ।

अध्यक्ष
राजेन्द्र लिङ्देन
उपाध्यक्ष खुल्ला
विक्रम पाण्डे
बुद्धिमान तामाङ
ध्रुवबहादुर प्रधान
उपाध्यक्ष (महिला)
रोशन कार्की
महामन्त्री (खुल्ला)
डा. धवलशमशेर राणा
भुवन पाठक
महामन्त्री (महिला)
कुन्ती शाही