जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार ०८:४८

कांग्रेस गण्डकीमा पौडेल समूहको वर्चश्व, पदाधिकारीमा संस्थापनबाट एक जनामात्रै बिजयी


पोखरा, मंसिर १९ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा पौडेल पक्षले कब्जा जमाएको छ । यहाँ पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भएका छन् । सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा विजयी हुनुभयो । शर्माले ६ सय १२ मत पाउँदा संस्थापन पक्षका अर्जुन ५ सय २८ मत मात्रै पाउनु भयो ।

उपसभापतिमा दुइटै स्याङ्जाका उम्मेद्वार विजयी भहुनुभएको छ । संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी हुनुभयो । संस्थापन पक्षकै नेत्र महत र संस्थापन इतरका हरिप्रसाद श्रेष्ठ पराजित हुनुभएको छ । गण्डकीको पदाधिकारीमा संस्थापन पक्षबाट मेखलालमात्रै विजयी हुनुभएको हो ।

तिवारीको ६२४ मत आउँदा दोस्रो बनेका श्रेष्ठको ५५६ मत छ । तेस्रो बनेका हरिको ५४८ तथा अन्तिम भएका नेताको ४५७ मत आएको छ ।

महामन्त्रीमा अन्तिम अवस्थामा विष्णु लामिछानेले लिड गर्दै देउवा पक्षका उम्मेद्वारलाई हराउनु भयो । पहिलोमा किरणबावु श्रेष्ठले ५७३ मत र दोस्रो बनेका विष्णुको ५६७ मत आएको छ । तेस्रोमा कुमार खड्काको ५५६ र चौंथो भएका इश्वर पाण्डेको ४७३ मत आयो । ११ सय मत गन्दा दोस्रोमा कुमार खड्का हुनुहुन्थ्यो ।

सहमहामन्त्रीका पनि सबै पदमा पौडेल पक्षले जितेको छ । महिला सह महामन्त्रीमा कोपीला रानाभाट ५५२ मत सहित विजयी हुँदा संस्थापन पक्षकी ओमकला गौतम ४८८ मत सहित पराजित हुनुभएको छ ।

खुला सहमहामन्त्रीमा रमेश कुमार सर्वाधिक भोट ल्याएर विजयी हुनुभएको छ । उहाँले ६१८ मत पाउनु भयो । ५६९ मत ल्याएर दोश्रो हुँदै रामचन्द्र जोशी पनि विजयी हुनुभएको छ । संस्थापन पक्षका झुलबहादुर आलेले ४८८ र राजराज पन्तले ४३१ मत पाउनु भयो । गोरखाबाटै राजनको वागी उठेका युवराज बस्ताकोटीको ९२ मत छ ।